२६ जेष्ठ २०८२, सोमबार | Mon Jun 9 2025


काठमाडौं महानगरपालिकामा ९ जनाको उम्मेदवारी फिर्ता


0
Shares

प्रमुख निर्वाचन अधिकृत पुरुषोत्तमप्रसाद ढकालकाअनुसार कामपा–३२ मा राप्रपाका उम्मेदवार मीना गिरी, स्वतन्त्र उम्मेदवार वडा नम्बर–११ का रितेश केसी, वडा नम्बर–१६ का रवीन्द्रकुमार श्रेष्ठ, वडा नम्बर–७ का कैलाश गड्तौला र वडा नम्बर–९ का सुवास ढकालले अध्यक्षको उम्मेदवारी फिर्ता लिएका हुन् ।

त्यसैगरी, कामपा–५ बाट राजु डंगोल, वडा नम्बर–१६ बाट सुशीला मानन्धर, वडा नम्बर–३१ बाट गणेशकुमार श्रेष्ठ र वडा नम्बर–११ बाट पवनजंग ठकुरीले सदस्य पदको उम्मेदवारी फिर्ता लिएका छन् ।

कामपामा एक सय ६२ पदका लागि राजनीतिक दल र स्वतन्त्र गरी ८ सय ८७ जनाको उम्मेदवारी परेको थियो ।

महानगर प्रमुखमा २८, उपप्रमुखमा १३ तथा वडाध्यक्ष र सदस्यमा ८ सय ४६ को उम्मेदवारी परेको थियो । रासस