Logo ५ आश्विन २०८२, आइतबार | Sun Sep 21 2025


म्यानचेस्टर युनाइटेडद्वारा सेल्टा पराजित, फाइनलमा पुग्ने सम्भावना बलियो


0
Shares

गएराति भएको सेमिफाइनल पहिलो लेगको खेलमा स्पेनको सेल्टा भिगोलाई १–० ले हराउँदै म्यानचेस्टर युनाईटेडले फाइनल प्रवेशको सम्भावना बलियो पारेको हो । स्पेनमा भएको खेलमा म्यानचेस्टर युनाईटेडलाई महत्वपूर्ण जित दिलाउन मार्कस रास्फोर्डले फ्रि किकमार्फत निर्णायक गोल गरे ।

दोस्रो लेगको खेल अर्को हप्ता म्यानचेस्टर युनाईटेडको मैदान ओल्ड ट्राफोर्डमा हुनेछ ।

युरोपियन क्लव फुटबलको दोस्रो ठूलो प्रतियोगिता युरोपा लिगको अर्को सेमिफाइनलमा नेदरल्याण्ड्सको आयाक्स एम्स्टरडम र फ्रान्सको लियों भिड्दैछन् । पहिलो लेगमा आयाक्सले ४–१ को अग्रता लिएको छ ।