
बिहीबार राति भएको म्याचमा दिल्ली डेयरडेभिल्ससँगको पराजयसँगै गुजरातको सम्भावना सकिएको हो । गुजरातसँग दिल्ली ७ विकेटले पराजित भएको हो ।
पहिला ब्याटिङ गर्दै गुजरातले २ सय ८ रनको विशाल योगफल तयार पारेको थियो । तर दिल्लीका ब्याट्सम्यानद्वय रिसभ पन्त र सन्जु सामसनले २ सय ९ रनको लक्ष्यलाई झिनो तुल्याइदिए । दुवैले दोस्रो विकेटका लागि एक सय ४३ रनको साझेदारी गरेका थिए । रिसभले ४३ बलमा ९७ रन बनाए भने सन्जुले ३१ बलमा ६१ रन बनाएका थिए ।
टस हारेर पहिले ब्याटिङ गरेको गुजरातका लागि कप्तान सुरेश रैनाले ७७ र दिनेश कार्तिकले ६५ रन बनाएका थिए ।
प्रतिक्रिया दिनुहोस्