२६ जेष्ठ २०८२, सोमबार | Mon Jun 9 2025


निर्वाचन आयोगले आज उम्मेदवारहरुलाई चुनाव चिह्न दिने


0
Shares

बिहान ११ बजेदेखि अपराह्न ५ बजेसम्म उम्मेदवारलाई चुनाव चिह्न प्रदान गर्ने कार्यक्रम रहेको आयोगले जनाएको छ । चुनाव चिह्न दिनु अघि आयोगले उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित गर्नेछ ।

आयोगले व्यवस्थापिका–संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका उम्मेदवारलाई दलको नाममा कायम रहेको चुनाव चिह्न तथा अरु दलका उम्मेदवारलाई स्वतन्त्र चुनाव चिह्न प्रदान गर्ने छ ।

यसैबीच यही वैशाख १९ गते भएको मनोनयन दर्ता कार्यक्रममा ३४ जिल्लाका २ सय ८३ स्थानीय तहका विभिन्न पदमा ४९ हजार २ सय सात जनाले मनोनयन दर्ता गराएको तथ्यांक प्राप्त भएको आयोगले जनाएको छ ।