
काठमाडौं, फागुन ५ । शिक्षासचिव खगराज बरालले विद्यालयहरुको एकीकरण गर्नु जरुरी भइसकेको बताएका छन् ।
शिक्षा पत्रकार समूहले आइतबार राजधानीमा गरेको कार्यक्रममा उनले विद्यार्थी संख्या कम भएका विद्यालयहरुलाई एकीकरण नगर्ने हो भने विद्यालय नै बन्द गर्नुपर्ने अवस्था आउने बताए ।
विद्यालयहरुलाई जथाभावी सम्बन्धन दिएका कारण व्यवस्थापन गर्नसमेत समस्या भएको भन्दै उनले गुणस्तर सुधार्न र शिक्षक पेसालाई आकर्षक बनाउन शिक्षा मन्त्रालयले योजना बनाएको बताए ।
त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति केदारभक्त माथेमाले निजी र सरकारी विद्यालयबीचको खाडल अन्त्य गर्न सरकारले ध्यान पुर्याउनुपर्ने बताए ।
कार्यक्रममा विद्यालयको शैक्षिकस्तर सुधार गर्न सहयोग पुर्याएको भन्दै दुईजना प्रधानाध्यापकलाई पुरस्कृत गरिएको थियो ।
जसमा सिराहाको जनता आधारभूत विद्यालयका देवकुमार महतो र काठमाडौंको पञ्चकन्या आधारभूत विद्यालयका विनिता रन्जित रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्