२६ जेष्ठ २०८२, सोमबार | Mon Jun 9 2025


शे फोक्सुन्डो गाउँपालिकाको सबै पदमा निर्विरोध निर्वाचित


0
Shares

सो गाँउपालिकाको अध्यक्षमा नेकपा एमालेका उम्मेदवार टसी टुन्डुक गुरुङ तथा उपाध्यक्षमा स्वतन्त्र उम्मेदवार दावा गुरुङ निर्विरोध निर्वाचित भएको जिल्ला निर्वाचन अधिकारी रामबहादुर बुढाले जानकारी दिए ।

यस्तै, उक्त गाउँपालिकाको ९ ओटै वडामा वडाध्यक्ष, महिला, दलितलगायत सम्पूर्ण सदस्य पदमा निर्विरोध निर्वाचित भएका छन् ।

जिल्ला निर्वाचन अधिकारी बुढाकाअनुसार वडा नम्बर–१ को वडाध्यक्षमा जिमे छोइङ नर्बु लामा, महिला सदस्यमा फना लामा गुरुङ तथा अन्य सदस्यमा पेमा छिरिङ र छुल्डिम लामा निर्विरोध निर्वाचित भएका छन् ।

यस्तै, वडा नम्बर–२ को वडाध्यक्षमा ग्याल्जेन लामा, महिला सदस्यमा लेङदेन गुरुङ, अन्य सदस्य फुर्वा टसी गुरुङ र पाल्दाङ गुरुङ, वडा नम्बर–३ को वडाध्यक्षमा कर्मा तुन्डुक लामा, महिला सदस्यमा खाँडो गुरुङ तथा अन्य सदस्यमा कर्म आङग्याल गुरुङ र दावाटासी गुरुङ निर्विरोध निर्वाचित भएका छन् ।

यसैगरी वडा नम्बर–४ को वडाध्यक्षमा पेमा वाङछिङ गुुरुङ, महिला सदस्यमा छिरिङ साङमो बुढा, दलित आङमे विक तथा अन्य सदस्यमा फन्जाङ दोर्जे गुरुङ र मोना दोर्चे लामा निर्विरोध भएका छन् भने वडा नम्बर–५ को वडाध्यमा पेमा गुरुङ, दलित छिलिङ मुटुन विक, महिला सन्चोक लोगु गुरुङ तथा अन्य सदस्यमा निमा छिरिङ गुरुङ र कोची चोकडाल्या गुरुङ निर्विरोध निर्वाचित भएका छन् ।

यस्तै, सो गाउँपालिकाको वडा नम्बर–६ को वडाध्यक्षमा सिमजिङ गुरुङ, महिला पेमा छिरिङ गुरुङ तथा अन्य सदस्यमा कोङचोर गुरुङ र धार्के गुरुङ निर्विरोध भएका छन् भने वडा नम्बर–७ को वडाध्यक्षमा पासाङ गुरुङ, महिला छैतन गुरुङ तथा अन्य सदस्यमा पेमा तेन्जिङ गुरुङ र नर्कु टोन्डुक गुरुङ निर्विरोध निर्वाचित भएका छन् ।

यसैगरी, वडा नम्बर–८ को वडाध्यक्षमा निमा लामा, महिला पेमा सांगे बैजी तथा अन्य सदस्यमा टसी गुरुङ र चाइना छिरिङ गुरुङ निर्विरोध भएका छन् भने वडा नम्बर–९ को वडाध्यक्षमा लार्के लामा, महिला सदस्यमा पासाङ लिमा बैजी तथा अन्य सदस्यमा छिल्या बैजी गुरुङ र मुन्डुङ छेवाङ लामा निर्विरोध निर्वाचित भएका जिल्ला निर्वाचन अधिकारी बुढाले बताए ।

सम्पूर्ण पदका उम्मेदवार निर्विरोध भएपछि सो गाँउपालिकामा स्थानीय तहको निर्वाचन सम्पन्न भएको मुख्य निर्वाचन अधिकृत सनतचन्द्र लवटले बताए ।

करिब तीन दिनको पैदलदूरीमा रहेको शे फोक्सुन्डो गाउँपालिकाका गाउँ–गाउँमा खटिएका निर्वाचन अधिकृत, सुरक्षाकर्मीलगायत सम्पूर्ण कर्मचारी सदरमुकाम फर्किन लागेको लवटले बताए ।

निर्विरोध निर्वाचित भएकाहरुमध्ये वडा नम्बर–१ का वडासदस्य पेमा छिरिङ, वडा नम्बर–२ का सदस्य फुर्वा टसी गुरुङ र वडा नम्बर–७ का सदस्य नर्कु टोन्डुक गुरुङ नेकपा माओवादी केन्द्रका तथा वडा नम्बर–८ का वडासदस्य मुन्डुङ छेवाङ लामा नेपाली कांग्रेसका उम्मेदवार हुन् ।

अन्य सबै निर्विरोध निर्वाचित उम्मेदवार नेकपा एमालेका भएको जिल्ला निर्वाचन अधिकारी बुढाले जानकारी दिए । रासस