
भारतीय सर्वोच्च अदालतले शुक्रबार (आज) सन् २०१२ मा भएको उक्त सामूहिक बलात्कार तथा हत्याकान्डका चार दोषीलाई दिइएको मृत्युदन्डको सजायलाई सदर गरेको हो ।
यसअघि, भारतको तल्लो अदालतले मृत्युदन्डको सजाय सुनाएपछि ती चार अभियुक्तले मृत्युदन्डविरुद्ध सर्वोच्चमा अपिल गरेका थिए । सोही अपिलको सुनवाइ गर्दै सर्वोच्चले मृत्युदन्डको सजायलाई सदर गरेको हो ।
सन् २०१२ को डिसेम्बर १६ मा नयाँदिल्लीस्थित मुनिरकामा साथीसँग सार्वजनिक बसमा सवार प्यारामेडिक अध्ययनरत् २३ वर्षीया छात्रालाई ६ जनाले सामूहिक बलात्कार गरी साथीसमेतलाई गुडिरहेको बसबाट फालिदिएका थिए ।
घटनापछि त्यहाँको प्रहरीले ६ जना अभियुक्तहरु राम सिंह, मुकेश, विनय शर्मा, पवन गुप्ता, अक्षय ठाकुर र एकजना नाबालिगलाई पक्राउ गरेको थियो ।
घटनापछि अस्पताल भर्ना गरिएकी ती छात्राको केही दिनपछि उपचारकैक्रममा सिंगापुरमा मृत्यु भएको थियो ।
६ जना अभियुक्तमध्ये एक नाबालिग रहेको र अर्का अभियुक्त राम सिंहले जेलमै आत्महत्या गरेपछि बाँकी रहेका चार अभियुक्तलाई तल्लो अदालतले सुनाएको मृत्युदन्डको फैसलालाई लामो समयपछि सर्वोच्च अदालतले सदर गरेको बीबीसीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्