
शुक्रबार नमाजका लागि जेलबाट बाहिर निकालिएका कैदीमध्ये करिब दुई सय जना भागेको अधिकारीहरुले जनाएका छन् ।
तीमध्ये करिब एक तिहाईलाई पुनः पक्राउ गरिएको बताइएको छ । कैदीले खचाखच भरिएको जेलबाट भागेका कैदीहरुको फुटेज स्थानीय एक टेलिभिजन च्यानलले प्रसारण गरेको छ ।
कानुन मन्त्रालयका एक अधिकारीले बताएअनुसार ३ सय कैदी राख्ने क्षमता भएको जेलमा १ हजार ९ सय कैदी राखिएको थियो ।
जेलको सुरक्षाका लागि भने जम्मा ६ जना मात्र सुरक्षा गार्ड तैनाथ थिए । ठूलो संख्यामा कैदी फरार भएपछि सरकारले थप सुरक्षाकर्मी परिचालन गरेको छ ।
प्रहरीले शहरका मुख्य नाका बन्द गरेर फरार कैदीको खोजी तीव्र पारेको जनाएको छ । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्