Logo ५ आश्विन २०८२, आइतबार | Sun Sep 21 2025


मेसीमाथि लगाइएको चार खेलको निलम्बन फुकुवा, आरोप प्रमाणित भएन्


0
Shares

मेसीविरुद्ध सहायक रेफ्रिलाई गालीगलौज गरेको आरोप लगाइएको थियो । तर, त्यसलाई प्रमाणित गर्ने आधारहरु नभेटिएकाले मेसीमाथिको कठोर सजाय हटाइएको फिफाले जनाएको छ ।

अर्जेन्टिनी फुटबल संघले मेसीको निलम्बनमा फिफामा अपील गरेको थियो । त्यसमा फिफाको अपिल कमिटीले नयाँ निर्णय दिएको हो ।

गत मार्चमा अर्जेन्टिनाले घरेलु मैदानमा चिलीमाथि १-० को विजय हात पारेको खेलपछि घटनामा मेसी दोषी पाइएका थिए । मेसीले नै सो खेलमा पेनाल्टी गोल गरेका थिए ।