Logo ६ पुस २०८२, आइतबार | Sun Dec 21 2025


कांग्रेसका नेता तथा पूर्वमन्त्री मार्सल जुलुस शाक्यको निधन


0
Shares

मुटु र सुगर रोगले ग्रसित ७७ वर्षीय शाक्यको उपचारका क्रममा आज काठमाडौंको ग्रान्डी अस्पतालमा निधन भएको हो ।

नेता शाक्यको निधनपछि नेपाली कांग्रेसका नेता तथा कार्यकर्ता अस्पतालमा पुगेर श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

उनको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पार्टी कार्यालय सानेपामा राखिँदै छ । त्यसपछि आजै अन्तिम संस्कार गरिने नेपाली कांग्रेसले जनाएको छ ।

२०१४ सालदेखि नेपाली कांग्रेसमा आवद्ध शाक्य २०४७ सालको अन्तरिम सरकारमा आपूर्ति तथा वाणिज्य र भौतिक आवास तथा निर्माण मन्त्री भएका थिए ।

नेपाली कांग्रेस काठमाडौं जिल्ला सभापति समेत भइसकेका शाक्यले २०४६ सालको जनआन्दोलनमा काठमाडौं उपत्यकामा कमान्डरको भूमिका निर्वाह गरेका थिए ।

२०१७ साल पुस १ गतेको राजाको कदमपछि सबैभन्दा पहिला जुलुस निकालेर शाक्यले नेतृत्व लिएका थिए ।

त्यसको भोलिपल्टै उनलाई पक्राउ गरिएको थियो । लामो समय जेल बसेका उनी २०२४ सालमा रिहा भएका थिए ।