पक्राउ परेकाहरुले निर्वाचनमा सहभागी नहुन र निर्वाचनमा उम्मेदवार बनेकाहरुलाई उम्मेदवारी फिर्ता लिन धम्की दिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेहरुमा कमलामाई नगरपालिका–२ भद्रकालीका सुजन श्रेष्ठ, हरिहरपुरगढी गाउँपालिका–७ क्यानेश्वरका हरिकृष्ण भनिने बोधराज घिमिरे र गोलान्जोर गाउँपालिका–६ का जुद्धबहादुर विश्वकर्मा रहेका छन् ।
पक्राउ गरिएकाहरुलाई वैशाख ३१ गतेको स्थानीय तहको निर्वाचन सकिएपछि मुक्त गरिने प्रहरीले जनाएको छ ।





प्रतिक्रिया दिनुहोस्