
शनिबार म्यानसिटीले क्रिष्टल प्यालेसलाई ५–० को फराकिलो अन्तरले पराजित गर्यो ।
घरेलु मैदानमा म्यानसिटीलाई जिताउन डेभिड सिल्भा, भिन्सेन्ट कोम्पानी, केभिन डे बु्रने, रहिम स्टर्लिङ र निकोलस ओटामेन्डीले एक/एक गोल गरे ।
यो जितसँगै म्यानसिटी ३५ खेलबाट ६९ अंक जोड्दै तेस्रो स्थानमा उक्लिएको छ । ३५ खेलबाटै ७७ अंकसहित टोटनह्याम हट्सपर दोस्रो स्थानमा छ ।
एक खेल कम खेलेको चेल्सी ८१ अंकसहित उपाधिनजिक पुगेको छ । चौथो स्थानमा धकेलिएको लिभरपुलको पनि ६९ अंक नै छ ।
प्रतिक्रिया दिनुहोस्