१ जेष्ठ २०८२, बिहिबार | Thu May 15 2025


भारतको कश्मिरमा गोली हानाहान, चार जना मारिए


0
Shares

कुलगाम जिल्लाको मीरबजारमा ट्राफिक व्यवस्थापनमा खटिएका सुरक्षाकर्मीलाई लक्षित गरी गरिएको आक्रमणमा एक सुरक्षाकर्मी र एक आतंकवादीसहित चार जनाको मृत्यु भएको हो ।

आतंकवादीले आक्रमण गरेपछि सुरक्षाकर्मीले प्रतिकार गर्दा भएको भिडन्तमा उनीहरुको मृत्यु भएको हो ।

घटनामा केही सुरक्षाकर्मी घाइते भएका छन् । घटनालगत्तै जम्मु कस्मिरको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

आक्रमणमा संलग्न भएकाहरुको खोजी भइरहेको अधिकारीहरुले जनाएका छन् । (एजेन्सी)