१ जेष्ठ २०८२, बिहिबार | Thu May 15 2025


नाइजेरियामा बस दुर्घघना, २६ जनाको मृत्यु


0
Shares

दुई ओटा १८ सिटे बस दुर्घटनामा परेको ओयो राज्यका सडक सुरक्षासम्बन्धी कार्यालयका प्रमुख युसुफ सलामीले जानकारी दिए ।

घटनामा परी बालबालिकासहित ११ जना घाइते भएको र उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको उनले बताए । प्रत्यक्षदर्शीहरुले दुर्घटनापछि दुवै बसका यात्रुहरु चिन्नै नसकिनेगरी जलेको बताएका छन् ।

सडक दुर्घटनामा परी धेरै जनाको मृत्युहुने देशहरुमध्ये नाइजेरिया विश्वमै अग्रपंक्तीमा पर्दछ ।

सडकको अवस्था नाजुक, राम्रोसँग मर्मत नगरिएका सवारीसाधान, ट्राफिक नियमको उलंघन, चालकहरुको हेलचक्रयाइँ र अनुगमनको अभावका कारण दुर्घटना धेरैहुने गरेको अधिकारीहरुको भनाइ छ । रासस/सिन्ह्वा