१ जेष्ठ २०८२, बिहिबार | Thu May 15 2025


साउदीमा महिलाका लागि उदार कानुन बन्दै, घर बाहिर निस्कन पति वा पिताको अनुमति नचाहिने


0
Shares

स्थानीय संचारमाध्यमले जनाएअनुसार अब साउदी अरबमा महिलाले घरबाट बाहिर निस्कनका लागि पति वा पिताको अनुमति लिइरहनु पर्ने छैन । यसअघि घरमुली वा कुनै पुरुष सदस्यको अनुमति वा साथ विना महिला बाहिर निस्कन पाउँदैनथे ।

यहाँसम्मकी त्यहाँका महिलालाई सवारी साधन चलाउनसमेत अनुमति थिएन । स्वास्थ्योपचार, शिक्षा लगायतमा पनि परिवारका पुरुष सदस्यको अनुमति अनिवार्य थियो । तर अब शिक्षा, स्वास्थ्योपचार, कानुनी परामर्श लगायतमा महिलालाई पुरुषको अनुमति लिइरहन नपर्ने गरी कानुन बनाउन लागिएको हो ।

त्यहाँका नरेशले यससम्बन्धी प्रावधानमा हस्ताक्षर गरिसकेको बताइएको छ । (एजेन्सी)