१ जेष्ठ २०८२, बिहिबार | Thu May 15 2025


अफगानिस्तानमा आईएसका उच्चस्तरीय नेता अब्दुल हासिब मारिए


0
Shares

अफगानिस्तानका राष्ट्रपति असरफ घानीले १० दिनअघि अफगानी सुरक्षाकर्मीको कारबाहीमा उनी मारिएको दाबी गरेका हुन् ।

हासिबलाई गत मे मा काबुलको सैनिक अस्पतालमा आक्रमण गरी ३० जनाको हत्या गर्न मुख्य भूमिका निर्वाह गरेको ठहर अफगानिस्तानले गरेको थियो ।

यता अमेरिकाले पनि अमेरिकी र अफगानी सेनाको कारबाहीमा उनी एक महिनाअघि नै मारिएको दाबी गरेको छ ।

यता आइएसले भने आफ्ना नेता मारिएको भन्नेबारे कुनै प्रतिक्रिया दिएको छैन ।(एजेन्सी)