Logo ५ आश्विन २०८२, आइतबार | Sun Sep 21 2025


बलिङमा होइन, ब्याटिङमा चम्किए सुनिल नारिन, १५ बलमै अर्द्धशतक


0
Shares

उनले आइतबार रोयल च्यालेन्जर बेंग्लोर विरुद्धको म्याचमा कोलकाता नाइट राइडर्सका लागि प्रारम्भिक ब्याट्सम्यानका रुपमा मैदानमा ओर्लिदैं सर्वाधिक छिटो ५० रन बनाउने खेलाडीको सूचीमा बनेको कीर्तिमान बराबरी गरेका छन् ।

सुनिलले १५ बलमै व्यक्तिगत ५० रन बनाएका हुन् । यसअघि कोलकाता नाइट राइडर्सकै लागि युसुफ पठानले यो कीर्तिमान बनाएका थिए । सन् २०१४ मा युसुफले सनराइजर्स हैदरावादविरुद्ध १५ बलमा ५० रन बनाएका थिए ।

सुरेश रैनाले २०१४ मै किंग्स इलेभेन पञ्जावविरुद्ध १६ बलमा ५० रन बनाएका थिए । १६ बलमै अर्द्धशतक बनाउने कीर्तिमान क्रिस गेलको नाममा पनि छ । उनले रोयल च्यालेन्जर बेंग्लोरका लागि सन् २०१३ मा पुणे वारियर्सविरुद्ध उक्त कीर्तिमान बनाएका थिए ।

बलिङलाई नै आफ्नो पहिचान बनाएका सुनिलले जारी आइपिएलमा ब्याटिङमा आफ्नो जादु देखाएपछि ब्याट्सम्यानहरुसमेत चकित भइरहेका छन् । सामाजिक संजालमा सुनिलको ब्याटिङ हाल चर्चाको विषय बन्ने गरेको छ ।