२० श्रावण २०८२, मंगलबार | Wed Aug 6 2025


कीर्तिपुरमा ४ रिक्टरको परकम्प


0
Shares

काठमाडौं, फागुन ४ । कीर्तिपुर आसपास केन्द्रविन्दु भइ ४ रिक्टर स्केलको परकम्प गएको छ ।

शनिबार साँझ ८ बजेर ३४ मिनेटको समयमा परकम्प गएको खानी तथा भूगर्भ विभाग, राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिए ।

उनकाअनुसार यो भूकम्प नभइ गोरखा भूकम्पको परकम्प हो ।

काठमाडौंमा परकम्पको ठूलो धक्का महसुस भएको थियो ।

यसअघि, फागुन २ गते ताप्लेजुङको कन्चनजंघा आसपास केन्द्रविन्दु भएर ४.६ रिक्टर स्केलको भूकम्प गएको थियो ।

त्यसअघि, गत माघ ८ गते काठमाडौंको थापाथली केन्द्रविन्दु भइ ३.३ रिक्टरको परकम्प गएको थियो ।

वि.सं. २०७२ वैशाख १२ को ७.६ रिक्टर स्केलको गोरखा भूकम्पपछि हालसम्म ५११ परकम्प गएको केन्द्रले जनाएको छ । रासस