
निर्वाचन आउन करिब एक हप्तामात्र बाँकी रहँदा उनीहरुलाई राजनीतिक दलको झन्डा, उम्मेदवारको नाम र फोटोअंकित टिसर्ट, टोपी, फ्याक्स बोर्ड बनाउन चटारो रहेको छ ।
बागबजारका आर्ट सेन्टर, स्क्रिन सेन्टरमा व्यवसायीहरुले रातदिन लगाएर निर्वाचन सामग्री बनाउन लागिपरेका छन् ।
बागबजारका सक्सेस आर्टका सन्चालक रक्त खड्गीले एक हप्तादेखि निर्वाचनसम्बन्धी सामग्री बनाइरहेको बताए ।
उनले अहिले परिवारका अरु सदस्यसहित २० जनाले झन्डा, टिसर्ट र टोपी बनाइरहेको जानकारी गराए ।
‘एक हप्तादेखि कामको चाप बढेको छ । राति ११ बजेसम्म सामग्री बनाउँछौं’–उनले भने ।
उनले अहिलेसम्म ५० हजार झन्डा, २० हजार टिसर्ट बनाइसकेको जानकारी गराए ।
यस्तै, बागबजारकै निवेश आर्टका सन्चालक श्याम रञ्जीतकारले दैनिक दुई/तीन सय झन्डा बनाउने गरेको बताए ।
उनले सबै पार्टीहरु झन्डा, टिसर्ट, टोपी र फ्लेक्स बनाउन आउने गरेको बताए ।
एउटा झन्डाको रु २५ देखि ११०, टिसर्टको २५०, टोपीको रु ५० देखि २५० मूल्य पर्ने गरेको छ । रासस
प्रतिक्रिया दिनुहोस्