Logo ५ आश्विन २०८२, आइतबार | Sun Sep 21 2025


प्रथम दक्षिण एसियाली योग च्याम्पियनसिपमा नेपाल दोस्रो


0
Shares

नेपाल कुल २६ अंकसहित उपविजेता बनेको हो । पहिलो भएको भारतले ५९ अंक बटुल्यो । तेस्रो स्थानमा चित्त बुझाएको बंगलादेशले ५ अंक प्राप्त गर्‍यो ।

ललितपुरको सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा आइतबार र सोमबार भएको दुईदिने प्रतियोगितामा विभिन्न उमेर समूहमा ३५ स्वर्णपदकसहित एक सय पाँच पदकका लागि प्रतिस्पर्धा भएको हो ।

एसियामा पहिलोपटक भएको च्याम्पियनसिपमा नेपालबाट ७६, भारतबाट ७० र बंगलादेशबाट १७ प्रतिस्पर्धीले प्रतिस्पर्धा गरेका थिए ।