Logo ६ पुस २०८२, आइतबार | Sun Dec 21 2025


काम गर्ने उम्मेदवारहरूलाई मतदान गर्नुहोस: नेता सिहं


0
Shares

काठमाडौंको शंकरापुर नगरपालिकाका उम्मेदवारहरूको पक्षमा आज मत माग्ने क्रममा नेता सिंहले कांग्रेसले संविधान ल्याएकाले कांग्रेसका पक्षमा मतदान गर्न अपील गरे ।

उनले भने, ‘कांग्रेसको नेतृत्वमा संविधान, कांग्रेसकै नेतृत्वमा आर्थिक विकास हुन्छ । कांग्रेसले जनताको पक्षमा लोकप्रिय नेताहरूलाई उम्मेदवार बनाएको छ ।’

स्थानीय तहको निर्वाचनमा कांग्रेसको पक्षमा माहोल बनेको बताउँदै नेता सिंहले भने, ‘कांग्रेसले संविधान ल्याउन ठूलो भूमिका खेल्यो । अब विकासको नेतृत्व पनि गर्छ ।’

नेता सिंहले कसैलाई गालीगलौज गरेर उम्मेदवारहरूले मत नमाग्ने बताउँदै भने, ‘कांग्रेसले काम गरेर देखाउँछ । धेरै गफ लगाउँदैन ।’

साँखुमा आज आयोजित घरदैलो कार्यक्रममा सहभागि हुन पुगेका नेता सिहंले शंकरापुर नगरपालिकाका कांग्रेसका तर्फबाट मेयरका उम्मेदवार शंकर तिवारी र मन्जु खड्कालाई उपमेयरमा जिताउन आग्रह गरे ।