Logo २८ असार २०८३, आइतबार | Sun Jul 12 2026


क्रान्तिमा अब्बल बनेकाहरुमा समृद्धिको आधारभूत ज्ञानको कमी : बाबुराम


0
Shares

बागलुङ, फागुन ४ । नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले सरकारकै बेवास्ताका कारण भ्रष्टाचार र घुसखोरी मौलाएको टिप्पणी गरेका छन् ।

पार्टीको पूर्व–पश्चिम जनसंवाद यात्राकाक्रममा शनिबार बागलुङ आएका उनले भ्रष्टाचार नियन्त्रणमा सरकार उदासीन भएको बताए ।

लडाइँ र क्रान्तिमा अब्बल बनेकाहरुमा विकास र समृद्धिको आधारभूत ज्ञानको कमी भएको बताउँदै उनले यसमा सुधार गर्नुपर्नेमा जोड दिए ।

संविधानमा स्थानीय तहका २२ ओटा अधिकार लेखिएको बताउँदै वर्तमान सरकारले स्थानीय तहका अधिकार खोस्ने काम गरेको उनको आरोप थियोे ।