
सन् २०१४ मा अफगानी सरकारको आग्रहअनुसार अमेरिकी सैनिकको टोली फिर्ता भएको थियो ।
तर, अफगानिस्तानमा विद्रोही समूह तालिबानको आतंकवादी गतिविधि तीव्र हुँदै गएपछि अमेरिकाले थप सेना पठाउने निर्णय गरेको हो ।
अफगानिस्तानमा हाल १३ हजार नेटो गठबन्धन सेना तैनाथ छन् । त्यसमध्ये अमेरिकी सेनाको संख्या ८ हजार ४ सय रहेको छ ।
अफगानिस्तानका लागि अमेरिकी कमान्डर जनरल जोन निकल्सनले अफगानिस्तानमा सेना थप्नुपर्ने सुझाव अमेरिकी संसदको कमिटीमा राखेपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले तीन हजार सेना थप्ने निर्णय गरेका हुन् ।
गत महिना तालिबानको आक्रमणमा १३५ जना अफगानी सेना मारिएका थिए ।
यसैबीच, अफगानिस्तानको उत्तरी जिल्ला कुन्दुजमा तालिबान विद्रोहीले अखडा जमाउँदा हजारौं सर्वसाधारण पलायन भएका छन् । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्