
‘मध्य अफ्रिकामा सहयोगको सामान लिएर गएको समूहमाथि सोमबार (हिजो) राति आक्रमण हुँदा एक जना शान्ति स्थापनार्थ खटिएका रसेनाको हत्या गरिएको छ भने चार जना बेपत्ता भएका छन् ’– मध्य अफ्रिकास्थित राष्ट्रसंघीय शान्ति अभियानले जनाएको छ ।
हत्या गरिएका राष्ट्रसंघीय दूत कम्बोडियाका रहेको बताइएको छ । घटनामा एक कम्बोडियालीसहित सात मोरक्कन नागरिक घाइतेसमेत भएका अभियानले बताएको छ ।
राष्ट्रसंघले वेपत्ता शान्ति सेनाको खोजीकार्यको लागि हेलिकोप्टर पठाइसकेको छ । आक्रमणकारी घटनापछि नजीकैको झाडी हुदै फरार रहेको बताइएको छ । रासस÷एएफपी
प्रतिक्रिया दिनुहोस्