Logo ११ फाल्गुन २०८२, सोमबार | Mon Feb 23 2026


दक्षिण कोरियाका नवनिर्वाचित राष्ट्रपतिले आज शपथ लिने


0
Shares

मुलुकको १९ औं राष्ट्रपतिको शपथ लिन लागेका मुनले मंगलबार सम्पन्न निर्वाचनमा ४१ प्रतिशत भन्दा बढी मत प्राप्त गरेका छन् भने प्रतिस्पर्धी होङ जोन प्योले २३ प्रतिशत मत प्राप्त गरेका छन् ।

उदारवादी छवी भएका मुनले मुलुकलाई एकताबद्ध बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

मुन कटुतापूर्ण सम्बन्ध रहेको छिमेकी उत्तर कोरियासँग वार्ता गर्ने पक्षमा छन् ।

यसबाट दक्षिण कोरियाको उत्तर कोरियाप्रतिको नीतिमा परिवर्तन हुने देखिएको छ ।

भ्रष्टाचार काण्डमा महाअभियोग लगाएर पार्क गुन हेईलाई पदबाट हटाइएपछि समय अगावै नयाँ राष्ट्रपति चयनका लागि निर्वाचन भएको हो ।

सन् २०१२ मा भएको राष्ट्रपतीय निर्वाचनमा मून सामान्य मतान्तरले पार्कसँग पराजित भएका थिए ।

मुन उत्तर कोरियाली शरणार्थीका सन्तान हुन् । पछिल्ला दिनहरुमा उत्तर कोरियाको आणविक गतिविधिका कारण कोरियाली प्रायद्विपमा तनाब बढ्दो छ । (एजेन्सी)

Skip This