१ जेष्ठ २०८२, बिहिबार | Thu May 15 2025


उत्तर कोरियाको दुई उपग्रहबाट भयभित छ अमेरिका, अन्तरिक्षबाटै हमलाको खतरा !


0
Shares

यसैबीच अमेरिकी गुप्तचर अधिकारीहरुले उत्तर कोरियाद्वारा अन्तरिक्षबाटै अमेरिकामाथि हमला हुन सक्ने आशंका जनाएका छन् । उत्तर कोरियाको पूर्ण सामरिक शक्ति विश्वजगतमा प्रष्ट नभए पनि उसका केही गतिविधि र चुहावट भएका केही सूचनाको आधारमा अमेरिकी गुप्तचरले यस्तो आशंका व्यक्त गरेका हुन् ।

स्रोतका अनुसार उत्तर कोरियाले इलेक्ट्रोनिक पल्स हतियारलाई अमेरिकाविरुद्ध प्रयोग गर्ने सम्भावना अत्यधिक रहेको छ । यसका लागि व्यापक तयारी भइरहेको पनि अमेरिकी गुप्तचरहरुको दाबी छ । उत्तर कोरियाका दुई उपग्रहले अन्तरिक्षबाटै अमेरिकामाथि निगरानी गरिरहेको बताइएको छ ।

सन् २०१२ र २०१६ मा अन्तरिक्षमा पठाइएका उत्तर कोरियाका ती दुई उपग्रहले पृथ्वीको परिक्रमा ९४ मिनेटमै गर्न सक्छन् । ती दुबै उपग्रहका माध्यमबाट उत्तर कोरियाले अन्तरिक्षमै हाइ अल्टिच्यूड परमाणु हतियार विस्फोट गराएर अमेरिकामाथि साइबर हमला गर्न सक्ने अमेरिकी गुप्तचरको आशंका छ । यसरी साइबर हमला गरेर अमेरिकाको रक्षा प्रणाली ध्वस्त पार्ने उसको योजना रहेको पनि अमेरिकी अधिकारी बताउँछन् ।

अमेरिकाको होमल्याण्ड सेक्युरिटी र नेशनल इलेक्ट्रोनिक्स पल्स टास्क फोर्सका कार्यकारी निर्देशक डा. पिटर विनसेन्ट प्राइका अनुसार उत्तर कोरियाले आफ्नो उपग्रहलाई परमाणु क्षेप्यास्त्रका रुपमा विकसित गरिरहेको छ । अमेरिकी संचार उपकरणलाई ध्वस्त बनाएर अमेरिकामाथि हावी हुने प्रयासमा उत्तर कोरिया लागिरहेको उनको भनाइ छ ।

उत्तर कोरियाली नेता किम जोङ्ग उनको हत्या गर्ने योजना सीआइएले तयार पारेको समाचार प्रकाशमा आएपछि उत्तर कोरियाले पनि आक्रामक नीति अख्तियार गर्न थालेको अमेरिकी विज्ञहरुको भनाइ छ । (एजेन्सी)