
काठमाडौंमा आज गरिएको साक्षात्कारमा प्रमुख आयुक्त यादवले सरकारले जेठ १५ मै बजेट ल्याउन सक्ने तर, मतदातालाई प्रभावित पार्ने र आचारसंहिता विपरित कुनै पनि नीति तथा कार्यक्रम भने ल्याउन नपाउने बताए ।
आचारसंहिता विपरित हुने कार्यक्रम बजेटमा समावेश नगर्न उनको सरकारलाई आग्रह थियो ।
डा. यादवले निर्वाचन अवधिभर कुनै पनि अप्रिय घटना घटना हुनसक्ने भन्दै सरकारलाई सचेत रहन सुझाव दिए । उनले सुरक्षा व्यवस्था पनि कडा बनाउन आग्रह गरे ।
अर्को एक प्रसंगमा उप्रमुख आयुक्त डा. यादवले मतदाता शिक्षालाई प्रभावकारी बनाउन आयोगले मतदाताको घर–घरमा पुगेर काम गरिरहेको जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्