
निर्वाचनका लागि आवश्यक मतपत्र, पतपेटिका, अनुसूची फारामसहित विभिन्न ६५ प्रकारका सामग्री बोकेर १ हजार ७ सय २३ जना कर्मचारी जिल्लाका पाँच स्थानीय तहमा खटिएको क्षेत्रीय निर्वाचन कार्यालय पोखराले जनाएको छ ।
क्षेत्रीय निर्वाचन कार्यालयका प्रमुख गंगालाल सुवेदीकाअनुसार कर्मचारीहरु अधिकांश मतदानस्थलमा पुगेका र सर्वदलीय बैठक आह्वान गरी बिहीबारदेखि निर्वाचनको अघिल्लो दिनसम्म मतदाता परिचयपत्र वितरण हुनेछ ।
जिल्लाका चार गाउँपालिकाका अधिकांश केन्द्रमा कर्मचारीले नियुक्तिसहित निर्वाचन सामग्री बोकेर मतदानस्थल पुगिसकेका छन् ।
पाँच सयभन्दा बढी मतदाता रहेका केन्द्रमा एक मतदान अधिकृत, दुई सहायक मतदान अधिकृत, दुई सहायक कर्मचारी र दुई सहयोगी कर्मचारी खटिएका छन् ।
कास्कीमा १५० ओटा मतदानस्थलमा २८८ मतदान केन्द्र कायम गरिएको छ । सबैभन्दा बढी पोखरा–लेखनाथ महानगरपालिकामा ९८ ओटा मतदानस्थल छन् ।
जिल्लामा मतदाताको संख्या २ लाख २४ हजार ८ सय ११ छ । यो संख्या दोस्रो संविधानसभा निर्वाचनको तुलनामा करिब २० हजारले बढी हो ।
प्रतिक्रिया दिनुहोस्