२६ जेष्ठ २०८२, सोमबार | Tue Jun 10 2025


काठमाडौंमा पाँच दलित महिला सदस्य निर्विरोध निर्वाचित


0
Shares

टोखा, दक्षिणकाली र कीर्तिपुर नगरपालिकाबाट पाँच दलित महिला निविरोध निर्वाचित भएका हुन् ।

टोखाको वडा नम्बर–२ र ६ बाट क्रमशः प्रतिमा हिडमाङ र दिलमाया विक निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृत दिनबन्धु बरालले जानकारी दिए । दुबैजना नेपाली कांग्रेसका उम्मेदवार हुन् ।

यस्तै, दक्षिणकालीबाट पनि दुई दलित महिला सदस्यमा निर्वाचित भएका छन् । निर्वाचन अधिकृत प्रतिमा पोखरेलकाअनुसार वडा नम्बर–३ र ९ मा क्रमशः कृष्णकाली दर्नाल र मीना परियार निर्विरोध निर्वाचित भएका छन् । दुबैजना नेपाली कांग्रेसबाट उम्मेदवार बनेका हुन् ।

यस्तै, कीर्तिपुरका निर्वाचन अधिकृत गजेन्द्रबहादुर सिंहकाअनुसार वडा नम्बर–८ बाट दलित महिला सदस्यमा सरस्वती परियार निर्विरोध निर्वाचित भएकी छन् । उनी नेकपा एमालेबाट उम्मेदवार बनेकी हुन् ।

शंखरापुरको वडा नम्बर–२ र ८ मा दलित महिला सदस्य पदमा कसैको पनि उम्मेदवारी परेको छैन ।

निर्वाचन अधिकृत भुवनेश्वर पौडेलकाअनुसार यी दुई वडामा दलित महिला सदस्यमा कसैको पनि उम्मेदवारी परेन । रासस