Logo ७ पुस २०८२, सोमबार | Mon Dec 22 2025


साइकलयात्री लुम्बिनी आइपुगे


0
Shares

विश्व साइकलयात्री प्रतिष्ठान र टुर डे लुुम्बिनीको संयुक्त आयोजनामा ‘टुर डे लुम्बिनी पेडल फर पिस’ भन्ने नाराका साथ आइतबार काठमाडौंको स्वयम्भूबाट सुरु भएको साइकलयात्रा बुधबार गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा आएर सम्पन्न भएको हो ।

विगत पाँच वर्षदेखि गर्दै आएको यात्रा यो वर्ष छैटौंपटक पनि जारी राखिएको उपाध्यक्ष मेघ आलेले बताए ।

साइकलयात्रा चन्द्रागिरि, हेटौंडा, नारायणगढ, रजहर, बुटवल, भैरहवा हुँदै चौथो दिन बुधबार लुम्बिनीमा आइपुगेको हो ।