
तर, भारी बोकेर साँझ–बिहानको जोहो गर्ने भरियाहरुलाई भने चुनावी रन्कोले अझै छुन सकेको छैन ।
यतिखेर देशका ३४ ओटा जिल्लाका के गाउँ, के सहर सबैतिर चर्चा चुनावकै भइरहेको छ ।
कुन पार्टीको कस्तो उम्मेदवार अथवा कसको कस्तो चुनावी नारा ? सर्वसाधारणदेखि पेसागत क्षेत्रका मानिसहरुबीच चुनावी बहस हुने गरेको छ । उम्मेदवारहरुलाई पनि आफ्नो पक्षमा माहोल बनाउन भ्याइ–नभ्याइ छ ।
राजधानीमा दैनिक कठीन श्रम गरेर जीविका चलाउने भरिया वर्गलाई भने चुनावको यो तापले अझै छुन सकेको छैन ।
जतिबेला पनि कामकै पछि दौडनुपर्ने उनीहरुले ३१ गते मतदान गर्ने दिन हो भन्ने त थाहा पाएका छन् । तर, कुन पार्टी वा कस्ता उम्मेदवार मैदानमा छन् भन्ने चासो राखेका छैनन् ।
चुनावप्रति कुनै उत्साह नदेखाएपनि उनीहरु भोट हाल्न भने आ–आफ्ना गाउँ जाने सोचाइमा भने छन् ।
गाउँको विकासलाई ध्यान दिने र राम्रो उम्मेदवारलाई भोट हाल्ने उनीहरुको भनाइ छ । (विस्तृत भिडियोमा हेर्नुहोस्) ।
प्रतिक्रिया दिनुहोस्