Logo ६ पुस २०८२, आइतबार | Sun Dec 21 2025


साझा उम्मेदवार भएकाले जित सुनिश्चित : रेणु, ‘स्मार्ट सिटी’ बनाउँछु : ज्ञवाली


0
Shares

बुधबार रिपोर्टर्स् क्लब चितवन शाखाले गरेको साक्षात्कारमा प्रमुख दलका उम्मेदवारहरुले यस्तो दाबी गरेका हुन् ।

साक्षात्कारमा नेपाली कांग्रेस–माओवादी केन्द्रबाट मेयरकी साझा उम्मेदवार रेणु दाहालले आफू साझा उम्मेदवार भएकाले जित सुनिश्चित भएको दाबी गरिन् ।

कांग्रेस र माओवादीको सहकार्यबाट नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको र धर्मनिरपेक्षतालगायतका मुद्दामा यी दुई दल सहमत रहेको दाबी पनि गरिन् ।

यस्तै, नेकपा एमालेबाट भरतपुर मेयरका उम्मेदवार देवीप्रसाद ज्ञवालीले भरतपुर महानगरपालिकालाई ‘स्मार्ट सिटी’ बनाउन आफू लागिपर्ने बताए ।

आफू पहिले पनि उपमेयर भएर काम गरिसकेकाले भरतपुरको समस्या र सम्भावना सबै थाहा भएको ज्ञवालीको भनाइ थियो ।

यसैगरी, राप्रपाका मेयरका उम्मेदवार बद्रि तिमल्सिनाले ‘पर्यटक उम्मेदवारहरुबाट भरतपुरको हित हुन सक्दैन’–भने ।