२६ जेष्ठ २०८२, सोमबार | Tue Jun 10 2025


अब आउने जनप्रतिनिधिसँग अपेक्षा के ? (भिडियोसहित)


0
Shares

अर्कोतिर आममतदाता व्यक्तिगत र सामाजिकरुपमा आफ्नो सुरक्षा खोजिरहेका छन् । वृद्धभत्ता बढ्ने र स्वास्थ्य उपचारमा सहुलियत पाउनेजस्ता अपेक्षा उनीहरुको छ ।

व्यवसायीहरुले भने जनप्रतिनिधिहरुबाट आफूहरुले तिरेको करको सदुपयोग हुने र व्यापार–व्यवसाय गर्नका लागि उपयुक्त वातावरण बन्ने आशा राखेका छन् ।

नेपालमा अहिले बेरोजगारी ठूलो समस्याकोरुपमा देखिएको छ । बेरोजगारीको समस्याबाट सबैभन्दा प्रभावित वर्ग हो, युवा । युवाहरुले अब आउने जनप्रतिनिधिहरुले रोजगारीका अवसर सिर्जना गरेर युवाहरुलाई विदेशिनबाट रोक्ने अपेक्षा गरेका छन् ।

दिनभरि मजदुरी गरेर बिहान–बेलुकाको छाकटार्ने मजदुर वर्गले पनि अब आउने जनप्रतिनिधिहरुबाटै ठूलो अपेक्षा राखेका छन् ।

कडा परिश्रम गर्नुपर्ने तर परिश्रमबापतको मूल्य पाउन नसकेको भन्दै उनीहरुले आफूहरुको ज्याला सरकारले नै तोकिदिनुपर्ने माग गरेका छन् । एक रिपोर्ट (विस्तृत भिडियोमा हेर्नुहोस्) ।