१ जेष्ठ २०८२, बिहिबार | Thu May 15 2025


एफबीआईका निर्देशक बर्खास्तपछि ड्रम्पले भनेः‘निर्णय सही छ’


0
Shares

कोमीलाई पदबाट हटाइएपछि धेरैको आलोचनाको सामना गरिरहेका राष्ट्रपति ट्रम्पले आफ्नो निर्णय सही भएको दाबी गरेका हुन् ।

उनले हिलारी क्लिन्टनको ईमेल छानबिन प्रकरणमा दोषी पाइएकाले कोमीलाई बर्खास्त गरेको बताए ।

ट्रम्पको चुनाव प्रचार र रुससँगको सम्बन्धबारे एफबीआई जाँचको अगुवाई कोमीले गरेका थिए ।

राष्ट्रपति ट्रम्पले कोमीको ठाउँमा धेरै राम्रो काम गर्न सक्ने, एफबीआईको प्रतिष्ठान र उत्साहलाई कायम राख्न सक्ने व्यक्ति नियुक्त गरिने बताएका छन् । (एजेन्सी)