Logo १ असार २०८३, सोमबार | Mon Jun 15 2026


आज राति १२ बजेपछि चुनावको मौन अवधि, चुनावी प्रचार गर्न निषेध


0
Shares

निर्वाचन आयोगले मौन अवधि सुरु भएपछि उम्मेदवारको पक्ष र विपक्षमा चुनाव प्रचारप्रसार गर्न÷गराउन निषेध गरेको छ ।

आयोगले विज्ञप्ति जारी गरेर स्थानीय तह निर्वाचन निर्देशिका–२०७३ को दफा ६९ मा मौन अवधिमा प्रचार गर्न निषेध गरिएको जनाएको छ ।

निर्देशिकाको दफा ६०को (१) मा मौन अवधि सुरु भएपछि मतदानको काम पूरा नभएसम्म निर्वाचन हुने पदका लागि निर्धारित क्षेत्रभित्र कुनै उम्मेदवारको पक्ष वा विपक्षमा मत लिने वा दिने उद्देश्यले कुनै प्रकारले कुनै किसिमको प्रचार गर्न दिन हुँदैन भन्ने उल्लेख छ ।

निर्देशिकाको दफा ७० को उपदफा (१) मा मतदान हुने दिनभन्दा ४८ घन्टाअघिदेखि मतदानको काम पूरा नभएसम्म कुनै उम्मेद्वार वा दलको पक्ष वा विपक्षमा मतदान गर्ने वा नगर्ने उद्देश्यले सभा बोलाउने वा आयोजना गर्न, जुलुस निकाल्न वा नाराबाजी गर्न तथा अन्य कुनै प्रकारले प्रचारप्रसार गर्न वा गराउन निषेध गरिएको आयोगले जनाएको छ ।