
आइतबार हुने चुनावका लागि आजदेखि तीन दिनसम्म सबै मतदान केन्द्रबाट परिचयपत्र वितरण गरिने निर्वाचन आयोगले जनाएको छ ।
आयोगले परिचयपत्रसँगै मतदान केन्द्रबाटै मतदाता शिक्षा कार्यक्रम पनि सञ्चालन गरिरहेको छ ।
मतदानसम्बन्धी अन्योल हटाउन आयोगले मतदाता परिचयपत्र वितरणसँगै मतदाता शिक्षा पनि दिन लागेको हो ।
आयोगका अनुसार यसपटक एउटै मतपत्रमा सात लहरमा निर्वाचन चिन्ह राखिएका छन् । हरेक मतदाताले सात ठाउँमा स्वस्तिक छाप लगाउनुपर्ने हुन्छ ।
यसरी लगाएको छाप, पहिलो लहरमा नगरपालिका वा गाउँपालिकाको प्रमुखका लागि हुने, दोस्रोमा उपप्रमुखका लागि र तेस्रोमा वडा अध्यक्षका लागि हुनेछ ।
त्यस्तै चौथो लहरमा महिला सदस्य र पाँचौ लहरमा दलित महिला सदस्यका लागि छाप लगाउनुपर्नेछ । पछिल्लो छैटौं र सातौं लहरमा भने खुला वडा सदस्यका लागि छाप लगाउनुपर्नेछ ।
यसमा मतदाताको इच्छा अनुसार छैटौंमा मात्र वा सातौंमा मात्र लगाउन सकिने वा छैटौं र सातौं दुवैमा एक/एक वटा छाप लगाउन पनि सकिने आयोगले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्