स्थानीय युवाको समूह हिले ब्याडमिन्टन क्लबको सक्रियतामा हिलेमा कभर्डहल निर्माण गर्न लागिएको हो ।
५० लाख रुपैयाँको लागतमा ६ सय सिट क्षमताको कभर्ड हल निर्माण गर्न लागिएको हो ।
कभर्ड हल निर्माण गर्न गुराँसे टि-स्टेटले ६ रोपनी जग्गा उपलब्ध गराएको छ ।
हल निर्माणका लागि हिले बजारमा मिनी मेला, हाउजी बिङ्गो खेल सञ्चालन गर्नुका साथै वैदेशिक रोजगारीका लागि गएकाहरुबाट समेत सहयोग संकलन गरिएको निर्माण समितिका अध्यक्ष शैलेश श्रेष्ठले जानकारी दिए ।
निर्माणमा धनकुटा नगरपालिका र जिल्ला समन्वय समितिले समेत सहयोग गरेको छ ।
नेपाली सेनाको पूर्वी पृतनास्थित हवाई सुरक्षा दलले समेत भवन निर्माणमा श्रमदान गर्दै आएको छ ।
हल निर्माणपछि सम्पूर्ण ईनडोर खेल हिलेमै आयोजना गर्न सकिने समितिले जनाएको छ ।





प्रतिक्रिया दिनुहोस्