Logo ६ पुस २०८२, आइतबार | Sun Dec 21 2025


देउवा–दाहालले चितवन पुगेर के भने ?


0
Shares

चितवनको भरतपुरमा बिहीबार आयोजित चुनावीसभालाई सम्बोधन गर्दै दाहालले ‘शेरबहादुर देउवा र आफू एउटै सभामा उपस्थित भएपछि भरतपुरमा अब झिनो मतले चुनाव जित्ने छुट छैन’–भने ।

रेणु दाहाललाई प्रचण्डपुत्री भएका कारणमात्र टिकट नदिएको भन्दै उनले उनको आफ्नै क्षमता र हैसियतको कदर गरेर टिकट दिएको जिकिर गरे ।

सोही सभालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कसैको भड्काउमा नलाग्न कांग्रेस कार्यकर्तालाई निर्देशन दिए ।

पोखरामा कांग्रेसलाई माओवादीले समर्थन गरेका कारण चितवनमा माओवादी केन्द्रलाई समर्थन गर्नुपरेको देउवाको भनाइ थियो ।

आमसभालाई रक्षामन्त्री बालकृष्ण खाँड, मेयरका उम्मेवार रेणु दाहाललगायतले पनि सम्बोधन गरेका थिए ।