
विभिन्न पेसा र कामका लागि राजधानीमा रहेकाहरु मत दिनकै लागि कर्मथलोबाट जन्मथलोतिर गइरहेका छन् ।
सर्वसाधारणसँग प्रत्यक्ष सरोकार राख्ने स्थानीय चुनाव घर–आँगनमा आइसकेको छ । आगामी आइतबार पहिलो चरणको निर्वाचनअन्तर्गत् मतदान हुँदैछ ।
आफ्नो मताधिकार प्रयोग गर्नका लागि विभिन्न पेसा तथा रोजगारीका कारण राजधानीमा बस्दै आएकाहरु गाउँ फर्कनेक्रम बढ्दोे छ ।
‘बगेको खोला फर्कंदैन, समय आउँछ पर्खंदैन’ भनेझैं दुई दशकपछि आएको स्थानीय तहको नेतृत्व चयनको मौका गुमाउने पक्षमा सर्वसाधारण मतदाता छैनन् ।
आफ्नो अमूल्य मतले जन्मथलोका लागि सक्षम र विकासवादी नेतृत्व चयन होस् भन्ने चाहना उनीहरुको छ ।
भोट हाल्नु एकातर्फ अधिकार हो भने अर्कोतर्फ आफ्नो मनले खाएको व्यक्तिलाई नेतृत्वमा पुर्याउने अवसर पनि हो भन्ने लागेर लामो यात्राको झन्झट बिर्सेर मतदाताहरु गाउँ फर्किरहेका हुन् । एक रिपोर्ट (विस्तृत भिडियोमा हेर्नुहोस्) ।
प्रतिक्रिया दिनुहोस्