२७ जेष्ठ २०८२, मंगलबार | Tue Jun 10 2025


‘निर्वाचनका लागि सुरक्षाको सम्पूर्ण तयारी पूरा’ (भिडियो)


0
Shares

निर्वाचन आयोग, राजनीतिक दल, आममतदातादेखि सुरक्षाको प्रबन्ध मिलाउने सुरक्षा निकायसम्म यसका लागि पूर्ण तयारीमा जुटेका छन् ।

चाहे कुनै विशिष्ट व्यक्तिको आगमन होस् वा प्राकृतिक विपत्ति, घरघरको समस्या होस् वा कुनै अप्रिय घटना, सुरक्षाकर्मी सम्बन्धित ठाउँमा खटिएकै हुन्छन् ।

हर प्रकारका सुरक्षाको जिम्मेवारी बोकेको यो निकाय अहिले उसैगरी तम्तयार भएको छ, वैशाख ३१ गते हुन लागेको स्थानीय तहको निर्वाचनमा सुरक्षा जिम्मेवारी लिन । निर्वाचनका लागि सुरक्षाको सम्पूर्ण तयारी पूरा भएकोे ती निकायले जनाएका छन् ।

दुई दशकपछि हुन लागेको स्थानीय निर्वाचनमा नेपाली जनताको उत्साह र उमंग रहेकाबेला कुनै अप्रिय घटना हुन नदिन सुरक्षा निकाय पूर्णतः सजग रहेको छ ।

मतदानस्थलसम्म पुगेर मतदाताले सहज ढंगबाट आफनो मताधिकार प्रयोग गर्र्न पाउन् भन्नका लागि सरकारले सुरक्षाको सबै निकाय परिचालन गरेको छ ।

राष्ट्रिय अनुसन्धान विभाग, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीजस्ता चारओटै सुरक्षा निकाय आफूलाई दिएको जिम्मेवारी पूरा गर्न तयार रहेका छन् ।

निर्वाचनका लागि सरकारले देशभर दुई लाखको हाराहारीमा सुरक्षाकर्मी खटाउँदैछ । जसमा पहिलो घेरामा नेपाल प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी र तेस्रो घेरामा नेपाली सेना रहने गरी व्यवस्था मिलाइएको छ ।

सामान्य, संवेदनशील, अतिसंवेदनशील गरी तीनओटा क्षेत्र छुट्याइ सुरक्षा व्यवस्था चुस्त र दुरुस्त बनाइने सरकारले जनाएको छ । जसका लागि सुरक्षाकर्मीहरु क्रमशः फिल्डमा खटिन थालेका छन् ।

नेपाल प्रहरीले काठमाडौंमा उपत्यकामामात्र ७ हजार र म्यादी प्रहरी ४ हजार २ सय ६८ खटिने जनाएको छ । सशस्त्र प्रहरीको तर्फबाट देशभर १६ हजार प्रहरी खटिनेछन् ।

सुरक्षाको दृष्टिले कुनै अप्रिय घटना हुन नदिने बचन तीनओटै सुरक्षा निकायले गरेको छ । एक रिपोर्ट (विस्तृत भिडियोमा हेर्नुहोस्) ।