१ जेष्ठ २०८२, बिहिबार | Thu May 15 2025


आफू अनुसन्धानको दायरामा नरहेको अमेरिकी राष्ट्रपतिको जिकिर


0
Shares

संघीय जाँच ब्यूरो (एफबीआइ)का प्रमुख जामी कोमीलाई बर्खास्त गरेपछि उठेको प्रश्नको जवाफ दिँदै राष्ट्रपति ट्रम्पले आफू कुनै अनुसन्धानको निगरानीमा नरहेको प्रष्ट पारेका हुन् ।

एफबीआइका निर्देशक कोमीको बर्खास्तगीको विषयलाई पनि अतिशयोक्तिपूर्ण ढंगले उछालिएको उनको भनाइ थियो । कोमीलाई बर्खास्त गर्ने निर्णय आफ्नो एकल भएको उनले बताए ।

अमेरिकी निर्वाचनमा रुसी संलग्नता र ट्रम्पको चुनावी अधिकारीहरुसँग मस्कोको साँठगाँठका बारेमा कोमीको नेतृत्वमा अनुसन्धान भइरहेका बेला उनलाई बर्खास्त गरिएको भन्ने विषयले अमेरिकी राजनीतिलाई तताएको बेला ट्रम्पले यो प्रष्टीकरण दिएका हुन् । (एजेन्सी)