Logo १५ बैशाख २०८३, मंगलबार | Wed Apr 29 2026


निर्वाचन प्रचार सम्पन्न, मौन अवधि सुरु


0
Shares

पहिलो चरणमा निर्वाचित हुने तीन वटा प्रदेशका १३ हजार ५ सय ५५ पदका लागि आवश्यक सबै निर्वाचन तयारी पूरा भएको आयोगले जनाएको हो । बैशाख ३१ गते प्रदेश नम्बर ३, ४ र ६ मा निर्वाचन हुन लागेको हो । जसमा नगर प्रमुख र उपप्रमुख ९७, गाउँपालिका प्रमुख/उपप्रमुख १८६ चुनिने छन् । यसैगरी महिला सदस्य २ हजार ५ सय ९८, दलित महिला सदस्य २ हजार ८ सय ९८ र दुई जना वडा सदस्य ५ हजार १ सय ९६ जना चुनिने छन् ।

योसँगै गए मध्यरात १२ बजेदेखि पहिलो चरणको निर्वाचनका लागि मौन अवधि पनि लागू भएको छ ।

मौन अवधिभर उम्मेदवारको पक्ष र विपक्षमा चुनाव प्रचारप्रसार गर्न÷गराउन निर्वाचन आयोगले निषेध गरेको छ । स्थानीय तह निर्वाचन निर्देशिका अनुसार मौन अवधिमा प्रचार गर्न आयोगले निषेध गरेको हो ।

मौन अवधिभर मतदानको काम पूरा नभएसम्म निर्वाचन हुने पदका लागि निर्धारित क्षेत्रभित्र कुनै उम्मेदवारको पक्ष वा विपक्षमा मत लिने वा दिने उद्देश्यले कुनै प्रकारले कुनै किसिमको प्रचार गर्न नपाइने पनि आयोगले प्रष्ट गरेको छ ।

यसैगरी मतदान हुने दिनभन्दा ४८ घन्टा अघिदेखि मतदानको काम पूरा नभएसम्म कुनै उम्मेदवार वा दलको पक्ष वा विपक्षमा मतदान गर्ने वा नगर्ने उद्देश्यले सभा बोलाउन वा आयोजना गर्न, जुलुस निकाल्न वा नाराबाजी गर्न तथा अरु कुनै प्रकारले प्रचारप्रसार गर्न वा गराउन निषेध गरिएको आयोगले जनाएको छ ।