
ब्राजिलमा गत बर्ष ९५ प्रतिशतको हाराहारीमा देखापरेको जिका भाइरसको संक्रमण अब पूर्णतः नष्ट भएको बताइएको छ । ब्राजिलमा पहिलो पटक देखा परेको सो भाइरसको संक्रमण विश्वका ३० अफ्रिकी मुलुकमा फैलिएको थियो ।
ब्राजिलमा मात्रै सो भाइरसका कारण सयभन्दा बढीको मृत्यु भएको थियो । लामखुट्टेबाट सर्ने जिका भाइरसको संक्रमण विशेष गरी गर्भवती महिला र नवजात शिशुहरुमा हुने गरेको थियो ।
यसअघि विश्व स्वास्थ्य संगठनले नयाँ रोगको रुपमा देखा परेको जिका भाइरस विश्वका थुप्रै मुलुकमा फैलन सक्ने भन्दै सतर्क रहन केही बर्षका लागि बच्चा नजन्माउन सचेत समेत तुल्याएको थियो ।
जिका रोगमा हल्का ज्वरो आउने, आँखामा संक्रमण हुने र टाउको दुख्ने लक्षण देखा पर्नुका साथै नवजात शिशु सुस्त मनस्थितिको हुने गरेको थियो । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्