शुक्रबार राजधानीमा भएको साक्षात्कारमा उनले आन्दोलनबाट प्राप्त उपलब्धि संस्थागत गर्नका लागि आफूहरु निर्वाचनमा गएको प्रस्ट पारे ।
निर्वाचनमा जाँदा ‘किन गएको र नजाँदा किन नगएको’ भन्नेहरुलाई जनताले नै जवाफ दिने उनको भनाइ थियो ।
पहिलो चरणको निर्वाचनमा जनताको उत्साह देखिएको भन्दै यादवले दोस्रो चरणको निर्वाचन पनि थप उत्साहजनक हुने बताए ।
दोस्रो चरणको निर्वाचन सुनिश्चित गर्न सरकारले मधेसी दलहरुसँग गरेको सम्झौता कार्यान्वयन गर्नुपर्ने अध्यक्ष यादवले बताए ।





प्रतिक्रिया दिनुहोस्