२७ जेष्ठ २०८२, मंगलबार | Tue Jun 10 2025


‘आचारसंहिता उल्लंघन गर्ने छुट कसैलाई छैन’


0
Shares

रिपोर्टर्स् क्लबले शुक्रबार राजधानीमा गरेको साक्षात्कारमा उनले आयोगले पछिल्ला दिनमा आचारसंहितामा कडाइ गरेको बताए ।

आयोगले जेठ ३१ गते हुने दोस्रो चरणको स्थानीय तह निर्वाचनको तयारीसमेत थालिसकेको उनले जानकारी दिए ।

निर्वाचनको बीचमा बजेट नल्याउन सरकारको ध्यानाकर्षण गराइएको भन्दै उनले मतदातालाई निर्भिकतापूर्वक मतदान गर्न आग्रह गरे ।

कार्यक्रममा पूर्वप्रमुख निर्वाचन आयुक्त सूर्यप्रसाद श्रेष्ठले निर्वाचनको माहोल देशभर उत्साहजनक भएको भन्दै पर्यवेक्षणलाई प्रभावकारी बनाउन सुझाव दिए ।

उनले मतदाता शिक्षालाई आयोगले प्रभावकारी बनाउन नसकेको टिप्पणी गरे ।