Logo ७ पुस २०८२, सोमबार | Mon Dec 22 2025


चेल्सीले आजै जित्ला उपाधि ?


0
Shares

खेल नेपाली समयानुसार राति पौने १ बजे वेस्टब्रोमको मैदानमा सुरु हुनेछ ।

जारी प्रिमियर लिगमा मात्र ३ खेल बाँकी छँदा दोस्रो स्थानको टोटनहाम हट्सपरभन्दा ७ अंकले अघि रहेको चेल्सीले यस खेलमा जित हासिल गरे दुई खेलअगावै प्रिमियर लिगको उपाधि जित्नेछ ।

अंकतालिकामा चेल्सीको ३५ खेलबाट ८४ अंक छ । समान खेलबाट टोटनहाम हट्स्परको ७७ अंक छ ।

प्रिमियर लिग फुटबलअन्तर्गत् शुक्रबारै राति साढे १२ बजे एभर्टनले वाट्फोर्डसँग खेल्नेछ ।