
तर, मतदानमा जानुअघि मतपत्रको स्वरुप बुझ्ने र ध्यानपूर्वक मतदान गरेमा अमूल्य मत बदर हुनबाट जोगिन सक्छ ।
यसपटक एकजना मतदाताले सातजनालाई भोट हाल्नुपर्दछ । गाउँ वा नगरपालिकाका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष र चारजना वडासदस्यका लागि सातओटा छाप लगाउनुपर्दछ ।
मतपत्रको पहिलो ठाडो लाइनमा रहेका चिह्नहरु गाउँ वा नगरपालिकाका प्रमुखहरुका लागि हो । तीमध्ये एउटामा मतदाताले स्वस्तिक छाप लगाउनुपर्दछ ।
त्यसैगरी, दोस्रो ठाडो लाइनका चिह्नहरु गाउँ वा नगरका उपप्रमुखका लागि हो र यो ठाडो लाइनमा पनि एउटा चिह्नमा स्वस्तिक छाप लगाउनुपर्छ ।
तेस्रो ठाडो लाइनमा रहेका चिह्नहरुमध्ये एउटा चिह्नमा स्वस्तिक छाप लगाएर वडाध्यक्षका लागि भोट हाल्नुपर्दछ ।
चौथो ठाडो लाइनको चिह्न महिला वडासदस्यका लागि हो भने पाँचौं ठाडो लाइनका चिह्नहरु दलित महिला वडासदस्यका लागि हो ।
यस्तै, छैटौं ठाडो लाइनमा रहेको एउटा चिह्न खुला वडासदस्यका लागि हो भने सातौं ठाडो लाइनमा एकैठाउँमा रहेका दुईओटा चिह्न पनि एकजना वडासदस्यका लागि हो ।
मतदाताले जुन–जुन चुनाव चिह्नमा छाप लगाएपनि सातओटाभन्दा बढी छाप भने लगाउनु हुँदैन ।
सात छाप लगाउनुपर्छ भन्नुको मतलब एउटै लाइनमामात्रै छाप लगाउनु पर्छ भन्ने पनि होइन । प्रमुख र उपप्रमुखमा फरक–फरक चिह्नमा पनि मत दिन सकिन्छ ।
स्वस्तिक छाप लगाउनेक्रममा मसी लत्पतियो भने पनि मत बदर हुन सक्छ । यस्तै, औंठाछाप वा अन्य छाप लगाएमा पनि मत बदर हुन्छ ।
त्यस्तै, चुनाव चिह्न रहेको कोठाभन्दा बाहिर छाप परेमा वा दायाँ–बायाँ तलमाथि रेखामा छापले छोएपनि मत बदर हुन्छ ।
तर, स्वस्तिक छापले चुनाव चिह्नमै पर्नेगरी ड्याम्मै छाप लगाउन भने पाइन्छ । एक रिपोर्ट (विस्तृत भिडियोमा हेर्नुहोस्) ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्
प्रतिक्रिया दिनुहोस्