२७ जेष्ठ २०८२, मंगलबार | Tue Jun 10 2025


मतदाता उत्साहित, कर्मचारी बुथ निर्माणमा तल्लिन (भिडियोसहित)


0
Shares

मतदान केन्द्रहरुमा खटिएका कर्मचारी पनि उत्तिकै उत्साहका साथ बुथ निर्माणमा लागेका छन् ।

ललितपुरको जवालाखेलस्थित वडा नम्बर–४ को कार्यालयमा पनि मतदाता परिचयपत्र वितरण गर्न कर्मचारीलाई भ्याइ–नभ्याइ थियो ।

मतदाताहरु बिहानैदेखि निकै उत्साहित हुँदै परिचयपत्र लिन आएको मतदान अधिकृत तीर्थ चिलुवालले बताए ।

मतदाता परिचयपत्र वितरणसँगै बुथ निर्माणको काम पनि धमाधम भइरहेको छ ।

काठमाडौंको वडा नम्बर–२३ स्थित नव आर्दश माध्यामिक विद्यालय परिसरमा पनि बुथ निर्माणका कर्मचारी र स्थानीय लागिपरेका पाइयो ।

कर्मचारीहरुले मतदाता परिचयपत्र वितरणसँगै मतदानको तरिकाबारे पनि बताइरहेका थिए । एक रिपोर्ट (विस्तृत भिडियोमा हेर्नुहोस्) ।