२१ श्रावण २०८२, बुधबार | Wed Aug 6 2025


पाठकको नाम आयुक्तको सूचीबाट हटाइयो


0
Shares

काठमाडौं, फागुन ३ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकको नाम आयुक्तको सूचीबाट हटाइएको छ ।

आयोगका प्रवक्ता रामेश्वर दंगालले पाठकलाई आयुक्तको सूचीबाट हटाइएको जानकारी दिए ।

आर्थिक लेनदेनसम्बन्धी विवादमा मुछिएपछि आयुक्त पाठकले शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राजीनामा दिएका थिए ।

राष्ट्रपति कार्यालयका प्रवक्ता छविन्द्र पराजुलीले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आयोगका आयुक्त पाठकले शुक्रबारदेखि लागू हुनेगरी राजीनामा दिएको जानकारी दिए । रासस