१ जेष्ठ २०८२, बिहिबार | Thu May 15 2025


निलम्वित एफबीआई प्रमुखलाई सूचना नचुहाउन ट्रम्पको चेतावनी


0
Shares

शुक्रबार (आज) बिहानै गरिएका केही ट्वीट सन्देशमा राष्ट्रपति ट्रम्पले पदीय हैसियतमा गरिएका कुराकानीलाई सञ्चारमाध्यमसमक्ष नलान भनेका हुन् । ट्रम्पले निलम्वनमा परेका पूर्व एफबीआई प्रमुख कोमीलाई उनी पदमा रहेका बेला भएका कुराकानी रेकर्ड भएको हुनसक्ने बताउँदै सबै विवरण सञ्चारमाध्यमलाई नदिन चेतावनी दिएका हुन् ।

कोमीलाई निलम्वन गरेकोमा आएका आलोचना र सञ्चारमाध्यममा आएका प्रतिक्रियाप्रति लक्षित गर्दै ट्रम्पले सो ट्वीट गरेका हुन् ।

अमेरिकी राष्ट्रपति ट्रम्पले पूर्व एफबीआई निर्देशक पदमा रहेका बेला आफ्नो निर्वाचन अभियानमा रसियाली प्रभाव रहेको भन्ने आरोपबारे एफबीआई अनुसन्धान आफूमाथि लक्षित रहेको छ वा छैन भन्ने विषयलाई सोधेको खुलासा गरेका छन् ।

कोमीलाई यसैहप्ताको सुरुतिर पदबाट बर्खास्त गरिएको थियो । रासस/एएफपी